• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


नाडा अटो शो २०२६ को तयारी तीव्र, स्टल बाँडफाँट प्रक्रिया सम्पन्न

असार २१, २०८३ |

नाडा अटो शो २०२६ को तयारी तीव्र, स्टल बाँडफाँट प्रक्रिया सम्पन्न

1.1k
SHARES
ShareTweet

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट (गोला प्रथा) कार्यक्रम सम्पन्न गरेको छ।नाडा सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत स्टल आवंटन गरिएको हो। यसअघि स्टलका लागि दर्ता प्रक्रिया खुला गरिएको थियो।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



यस वर्षको १८औँ संस्करणको नाडा अटो शोमा सवारीसाधन, अटो पार्ट्स, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीहरूको सहभागिता रहनेछ।

गोला प्रथाअनुसार १९ वटा यात्रुवाहक (Passenger) सवारीसाधन, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमा ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ।

कार्यक्रमका अवसरमा नाडाका महासचिव मिलनबाबु मल्लले सहभागी सबै कम्पनीहरूप्रति आभार व्यक्त गर्दै सफल प्रदर्शनीका लागि आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्।

नाडा अटो शो नेपालकै अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित प्रदर्शनीका रूपमा परिचित छ। प्रदर्शनीमा नयाँ प्रविधियुक्त सवारीसाधन, विद्युतीय (EV) मोडल, अटो पार्ट्स, सहायक सामग्री, वित्तीय सेवा तथा अटो उद्योगसँग सम्बन्धित नवीनतम प्रविधि र सेवाहरू एकै थलोमा अवलोकन गर्न सकिने अपेक्षा गरिएको छ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousद्रुत गतिमा बदलिँदो मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघद्वारा अन्तरक्रिया सम्पन्न
Nextटेलिटकद्वारा पोको एम८ ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

ताजा खबर

  • टेलिटकद्वारा पोको एम८ ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक
  • नाडा अटो शो २०२६ को तयारी तीव्र, स्टल बाँडफाँट प्रक्रिया सम्पन्न
  • द्रुत गतिमा बदलिँदो मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघद्वारा अन्तरक्रिया सम्पन्न
  • सार्वजनिक खरिद व्यवस्थापनमा पारदर्शिता र सुशासन अपरिहार्य छ; मुख्यमन्त्री बानियाँ
  • चीनद्वारा पास्टर एज्रा जिन रिहा

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved