काठमाडौं-  टेलिटकले नेपाली बजारमा पोको एम८ ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट क्यामेरा, ठूलो ब्याट्री क्षमता तथा सहज ५जी अनुभवलाई लक्षित गर्दै कम्पनीले यी दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।


ADVERTISEMENT


पोको एम८ ५जी मा ७,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, ३३ वाट टर्बो चार्जिङ तथा १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको (सेल्फी) क्यामेरा रहेको छ। साथै ६.७९ इन्चको पूर्ण एचडी प्लस (FHD+) डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट तथा स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसरले सहज र तीव्र प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।


ADVERTISEMENT

# # #


त्यसैगरी पोको एम८ प्रो ५जी अझ उन्नत सुविधासहित सार्वजनिक गरिएको छ। यसमा ६.८३ इन्चको क्रिस्टलरेज एमोलेड (CrystalRes AMOLED) डिस्प्ले, १.५के रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट तथा ३,२०० निट्ससम्मको उज्यालोपन रहेको छ। क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको अगाडिको (सेल्फी) क्यामेरा समावेश गरिएको छ।

यस स्मार्टफोनमा ६,५०० एमएएच क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज, २२.५ वाट रिभर्स चार्जिङ तथा स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर रहेको छ। दुवै स्मार्टफोनमा पानी र धुलोबाट सुरक्षित रहने (IP Water & Dust Resistance) सुविधा पनि उपलब्ध छ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार नयाँ पोको एम८ सिरिजले उत्कृष्ट कार्यसम्पादन, आकर्षक मूल्य र सहज ५जी अनुभवलाई एकैसाथ समेटेको छ। आधुनिक प्रविधिलाई प्रतिस्पर्धी मूल्यमा नेपाली उपभोक्तामाझ पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उनले बताएका छन्।

पोको एम८ ५जी कालो र सेतो रंगमा उपलब्ध छ। यसको ६ जीबी र्याम/१२८ जीबी भण्डारण क्षमताको मूल्य रु. ३७,९९९ तथा ८ जीबी र्याम/२५६ जीबी भण्डारण क्षमताको मूल्य रु. ४४,९९९ तोकिएको छ।

त्यसैगरी पोको एम८ प्रो ५जी कालो, हरियो र चाँदी रंगमा उपलब्ध छ। यसको ८ जीबी र्याम/२५६ जीबी भण्डारण क्षमताको मूल्य रु. ५६,९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दुवै स्मार्टफोनमा एक वर्षको आधिकारिक वारेन्टी तथा अधिकतम ९ महिनासम्म किस्ताबन्दी (EMI) सुविधा उपलब्ध हुनेछ। साथै यी स्मार्टफोन टेलिटकका आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिनेछ।