काठमाडौं – एमाले प्रदेश ४ संसदीय दलको नेता एमाले सचिव पृथ्वीसुब्बा गुरुङ हुने भएका छन् । आइतबार पोखरामा संगठन विभाग प्रमुखसमेत रहेका पृथ्वीसुब्बालाई मुख्यन्त्री बनाउने सहमति भएपछि उनी दलको नेता चुनिने भएका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्रीमा पार्टी सचिव किरण गुरूङसमेत प्रत्यासी थिए । प्रदेश संयोजकसमेत रहेका गुरूङलाई केन्द्रीय नेताले नै मनाएपछि उनी पछि हट्न राजी भएका हुन् ।


ADVERTISEMENT

# # #


दलको नेतामा सहमति जुटेपछि केहीबेरपछि बस्ने संसदीय दलको बैठकले नेता चयन गर्ने नेताहरूले जानकारी दिएका छन् । पृथ्वीसुब्बा गुरूङ लमजुङ ख बाट प्रदेशसभामा विजयी सांसद हुन् भने किरण तनहुँ– २ ख बाट निर्वाचित हुन् ।