काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसंगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए । उनले गठबन्धन मार्फत निर्वाचनमा जादा पार्टीको एजेण्डा जनतामा पुराउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले जानकारी दिए ।

त्यस्तै पदाधिकारी बैठकले सवै कम्युनिष्टहरुसंग ध्रुविकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।