मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ अनुसार आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।


ADVERTISEMENT


कूल ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको आजको बैठकमा १०३ जना सांसद उपस्थित थिए । जसमध्ये ६४ जनाले मुख्यमन्त्री लामाको पक्षमा मतदान गरेका हुन् । यस्तै ३५ जनाले विपक्षमा मत हालेका छन् भने ३ जना तटस्थ बसेका छन् । लामालाई काँग्रेस र एमालेका सांसदले मत दिएका हुन् भने नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी लगायतले विपक्षमा मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री लामाले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेको भन्दै सभामुख कृष्णप्रसाद धितालले मुुख्यमन्त्री लामाले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।