काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल नेपाल र भारतबीच काठमाडौंमा भइरहेको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्दैछन् । उनी मंगलबार राष्ट्रपति निवासमै बसेर हेरिरहेका छन् ।
जारी खेलको पहिलो सेटमा नेपालले जितेको थियो भने दोस्रो सेट भारतले कब्जा गरेको थियो । तेस्रो सेट चलिरहेको छ । यसअघि इरानलाई ३–० को सोझो सेटमा हराएको नेपाल फाइनल पुगेको थियो भने श्रीलंकालाई पाखा लगाउँदै भारत फाइनलमा पुगेको थियो ।
समूह चरणमा भने नेपालले भारतलाई हराएको थियो ।



























































