काठमाडौँ – काठमाडौँमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग, २०२४ को उपाधि भारतले जितेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा आयोजक नेपाली टोली भारतसँग २–३ को सेटमा पराजित भएसँगै उपाधि उचाल्नबाट चुकेको हो ।


ADVERTISEMENT


सुरुवाती ३ सेट २–१ ले अग्रता कायम गरे पनि त्यसपछिका दुबै सेट भारतलाई सुम्पिएपछि नेपाल घरेलू दर्शककाबीच निराश हुनुपरेको हो । सर्भिसमा गल्ती गर्दा नेपाल उपाधि नजिक पुगेर दुःखी हुनु परेको हो ।


ADVERTISEMENT

# # #


करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५-२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१-२३ को स्थितिलाई सुधार्दै नेपालले २३-२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५-१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५-२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५-२१ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले सेमिफाइनलमा इरानलाई हराउँदै फाइनल पुगेको थियो भने भारतले श्रीलंकालाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो । यसअघि समूह चरणमा भने नेपालले भारतलाई महिला भलिबलको इतिहासमै पहिलो पटक हराएको थियो ।

तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।

सबै तस्बिर : रासस