काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।


ADVERTISEMENT


साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिले पेश गरेका सबै सामान्य तथा विशेष प्रस्तावहरू पनि सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।


ADVERTISEMENT

# # #


सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ४.२८५७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस सेयर वितरण गरिने कम्पनीले जनाएको छ। यससँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीका अनुसार २०८३ जेठ मसान्तसम्म देशभर १०४ वटा शाखा, उपशाखा, तेस्रो पक्ष बीमा काउन्टर तथा प्रादेशिक कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि शेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्दै कम्पनीका लक्ष्य हासिल गर्न सम्पूर्ण टिम प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।