काठमाडौँ – दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा–५’ को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर आज साँझ गीत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


‘बिहे भाको छैन’ बोलको उक्त गीतमा दीपकराज गिरी र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा गिरी र शिवाकोटीको रोमान्सलाई झल्काइएको छ । सबिन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको उक्त गीत दीपकराज गिरी र दीपक शर्माले रचना गरेका हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा दीपक शर्माको संगीत निर्देशन रहेको छ ।


ADVERTISEMENT

# # #


चलचित्र ‘छक्कापञ्जा–५’ आगामी असोज २४ गते फूलपातीको अवसर पारेर हलमा रिलिज हुँदैछ । दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र वर्षा राउतको मुख्य भूमिका रहने फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

फिल्मलाई उत्तम हुमागाईंले छायाङ्कन गरेका छन् भने केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्माले निर्माण गरेका हुन् ।

यस्तो छ गीत :