काठमाडौँ– नेपाली क्रिकेट टोलीले बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) प्रस्थान गरेको छ ।
क्यानले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग सहकार्य गरेको पहिलो औपचारिक सहमति अन्र्तगत एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको अन्तिम तयारी गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो।
क्यानले यस पहलको नेतृत्व गरेकोमा भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ । यस साझेदारीसँगै भविष्यमा क्रिकेट भ्रमणहरू हुने तथा नेपाललाई क्रिकेट राष्ट्रको रूपमा विकास गर्ने अवसरहरू प्रदान हुने क्यानको विश्वास छ ।



























































