काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पूर्वराजाले खेलको भूमिकालाई नबिर्सन सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताएका हुन् ।
शान्ति प्रक्रियामा सहयोग पुर्याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनले बताए ।
त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएसंगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापित गर्नुपर्ने भन्दै उनले सबै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताए ।
अहिले संक्रमणकालीन न्यायसंग सम्बन्धित विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उनले बताए ।



























































