काठमाडौँ – नेपाल काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
खेल निर्धारित ९० मिजेटको समयमा १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटा पुगेको थियो । पेनाल्टी सुटआउमा नेपालका गोलकिपर जियारथ शेख नायक बने । उनले भुटानका २ प्रहार रोकेपछि नेपालले खेल ४–१ ले जितेको हो ।
त्यसअघि खेल पहिलो हाफ गोररहित बराबरीमा टुंगियो । दोस्रो हाफ सुरु भएपछि खेलको ५६औँ मिनेटमा जेत्सन दोर्जेले डी बक्स बाहिरबाटै शानदार गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, भुटान खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । ७८औँ मिनेटमा नेपालका निराजन धामीले हेडमार्फत गोल गदै बराबरीमा पुर्याएका थिए ।
दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालले फाइनलमा अब बंगलादेश र भारतबीचतको विजेतासँग भिड्नेछ ।



























































