विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शिर्ष नेताहरु बीच सहमति भएको बताएका छन् ।
आइतबार विराटनगरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जना सम्म राज्यमन्त्री थप गरिने बताएका छन् । भाद्र १२ गते सम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागिता सहितको सरकार विस्तार भईसक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्र्कीले कांग्रेसले मन्त्रीको नाम सिफारीस गर्ने बित्तिकै सरकारले पुर्णता पाउने जानकारी दिरे । कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भईसकेको उनले जानकारी दिए ।



























































