काठमाडौँ– बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण सेवाको अन्तिम तयारी रहेको बताएको छ ।


ADVERTISEMENT


सोमबार अस्पतालको २९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहबीच अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्दनप्रसाद चौधरीले भविष्यका योजना सुनाउदैँ सो जानकारी गराएका हुन् । ‘अब अस्पतालमा बोनम्यारो र सिटी स्क्यानका सेवाहरु पनि छिट्टै सुचारु हुदैँछ’, उनले भने ।


ADVERTISEMENT

# # #


अस्पतालमा १०० शैय्या सुविधाका साथ सुचारु गर्ने योजना रहेको सुनाउदैँ उनले आगामी दिनमा अत्याधुनिक मेशिन तथा प्रविधिमार्फत बिरामीलाई अन्तर्राष्ट्रिय स्तरको सुपर तथा मल्टि स्पेशलालिटी सेवा प्रदान गरिने जनाए ।

८७ जना वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आएको ईशानमा विभिन्न समयमा भारत तथा बंगलादेशमा जटिल तथा असम्भव मानिएका नवजात शिशु तथा बाल शल्यक्रियाहरु सफल रुपमा सम्पन्न भएको डा चौधरीको भनाई छ ।

‘यस ३० वर्षको अवधिमा ईशान भारत तथा बंगलादेशजस्तो अत्याधुनिक प्रविधिको पहुँच रहेको मुलुकमा समेत असम्भव भनिएका नवजात, बाल शल्यरोग तथा बाल युरोलोजीका थुप्रै केशहरुको सफल उपचार सेवा प्रदान गर्न सम्भव भएको छ ।

पहिला निजी महिला तथा बाल रोगसम्बन्धि स्वास्थ्य सेवा दिदैँ आएको अस्पतालले २४ सैं घन्टा गुणस्तर स्वास्थ्य सेवा उपलब्ध गराउदैँ आएको छ । न्युनतम् दरमा गुणस्तर स्वास्थ्य सेवा प्रवाहमा सफल देखिएको अस्पतालले आगामी दिनमा ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा स्थापित गर्दै अस्पताललाई नेपालमा मेडिकल टुरिजमको रुपमा परिवर्तन गर्ने लक्ष्य लिएको छ ।