काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।
ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।
बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर। तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ। उहाँको स्पष्टीकरणमाथि पनि छलफल गर्यौँ। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ।’



























































