काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतिर अग्रसर भएको समेत बताए । अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले रोस्टममा उभिने निर्णय गरेको बताए ।


ADVERTISEMENT

# # #


प्रचण्डले सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको निरीह साक्षी आफुहरु नहुने जिकिर गरे । वर्तमान सरकार राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार भएको समेत उनले बताए । उनले सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिए । सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको उनले बताए ।

उनले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको धारणा राखे । लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिएर दिएको अभिव्यक्तिले सिङ्गो देश स्तब्ध भएको उहाले तर्क गरे । प्रचण्डले वर्तमान सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गरे । विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे ।

उनले लेखा समितिको सभापति प्रतिपक्षीलाई नदिएर अधिकार हनन भएको भन्दै आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिए । त्यस्तै प्रचण्डले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिए । पैसा उठाउन छाडेर व्यवसायीको लाइन काटेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएको भन्दै उनले आपत्ति जनाए ।

विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दस हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा नरहेको बताउनुभयो । त्यस्तै प्रचण्डले मुलुकलाई सहि दिशा दिन यसअघिको सरकारले गरेको कामहरुलाई वर्तमान सरकार भत्काउने काम गरेको आरोप लगाए । उनले संविधान संशोधनका बिषयमा हुने छलफलबाट माओवादी नभाग्ने भन्दै संविधान संशोधनको नाममा कसैको अधिकार हनन हुने काम भए सह्य नहुने स्पष्ट पारे ।