काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आम नागरिकहरुले राजनीतिक दलहरुलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनले बताए । लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अव नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे ।

‘अब आम नागरिकले पनि राजनीतिमा हस्तक्षेप गर्न थाले भन्ने संकेत प्राप्त भएको छ ।’ उनले भने, ‘दुई तिहाईको सरकारमाथि यो भन्दा ठूलो घण्टी कति बज्नसक्छ ? अब सुध्रिनु र सच्चिनुबाहेक अन्य विकल्प छैन ।’

उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे ।