सहबान अन्सारी, नवलपरासी– नवलपरासीमा लागुऔषध सहित एक किशोर पक्राउ परेका छन् ।
प्रहरीले मंगलवार रामग्राम नगरपालिका–४ ललितपुरबाट १८ वर्षिय श्याम मगरलाई पक्राउ गरेका हुन् ।
शंकास्पद ढंगले बसी रहेको मगरलाई शंकाको आधारमा चेकजाँच गर्दा उनीबाट प्रतिबंधित लागुऔषध नुफिन ३९ एम्पुल,डाईजोपाम ३९ एम्पुल र फेनार्गन ३९ एम्पुल फेला परेको थियो ।
प्रहरीले उनीसंग भएको ग १७ प ८२९७ नम्बरको स्कुटर समेत ले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



























































