काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग पहिलो हाफमा १ गोलले पछि परको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा बुधबार भइरहेको खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको हो । बंगलादेशका लागि पहिलो हाफको अतिरिक्त समयमा मिराजुल इश्लामले फ्रिकीकमार्फत शानदार गोल गरेका हुन् ।
उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल गोलरहित रहेको छ ।



























































