काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पूर्वक्रिकेट खेलाडीहरुको फ्रेन्चाइज्ड क्रिकेट क्रिकेट प्रतियोगिता लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन् ।
बिहीबार भएको अक्सनमा पारसलाई टिम गुजरात टिमले अनुबन्धित गरेको हो । उनी १२.५ लाख भारु (झण्डै २० लाख नेपाली रुपैयाँ)मा आवद्ध भएका हुन् । एसएलसीको नयाँ संस्करण आगामी सेप्टेम्बर २० देखि भारतमा आयो्जना हुँदैछ । यसअघि उनी एलएलसीमा एशिया लायन्समा आवद्ध भएका थिए ।
३६ वर्षीय पारसले नेपालका लागि १० एकदिवसीय खेल खेलेका छन् भने ३३ वटा अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । उनले २०७८ मा अन्र्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।



























































