काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका विषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासंग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि बिभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्विको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् ।

त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिती र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नवनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् ।

मन्त्री भट्टराईले एसईईको पुरक परिक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरुलाई सीपमुलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने सुनाइन् ।