काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रसंसा भएको बताएका छन् ।


ADVERTISEMENT


३२ औं महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको विभिन्न देशका नगरले प्रसंसा गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


दक्षिण एसियामा नै निकै समस्याको रुपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौती दखापरेको उनले बताए । स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य बस्तुको कालाबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले प्रसंसा गरे ।

कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो ।