पोखरा – एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘LG Essential Series’ घरेलु उपकरण सार्वजनिक गरेको छ।
पोखरास्थित टेम्पल बेल होटलमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा LG’ अभियानअन्तर्गत नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। कम्पनीका अनुसार नेपाली परिवारको आवश्यकता, जीवनशैली तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेका छन्।
नयाँ श्रृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएको डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर सार्वजनिक गरिएको छ।
डबल–डोर रेफ्रिजेरेटरमा फ्रोस्ट–फ्री टेक्नोलोजी, स्मार्ट मोड र अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको कम्पनीले जनाएको छ।
फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशील्ड मोटर, बीएमसी कभर, IPX4 वाटर–रेजिस्टेन्ट कन्ट्रोल प्यानल तथा कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्ने लो–प्रेसर फिल टेक्नोलोजी समावेश गरिएको छ।
यस्तै, रूम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि, प्रभावकारी कूलिङ तथा हिटिङ सुविधा, वातावरणमैत्री R32 रेफ्रिजरेन्ट र कम विद्युत् खपत गर्ने इन्भर्टर प्रणाली प्रयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार LG Essential Series का उत्पादनहरूको बिक्री वितरण नेपालभर असार २०८३ (जुन २०२६) देखि सुरु हुनेछ। प्रारम्भिक मोडेलहरूको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने बताइएको छ। उत्पादनहरू देशभरका आधिकारिक LG Brand Shop, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।
सीजी इलेक्ट्रोनिक्सले चार दशकभन्दा लामो समयदेखि एलजीका उत्पादनहरू नेपालमा आधिकारिक रूपमा वितरण गर्दै आएको छ। कम्पनीले नेपाली बजारमा एलजीलाई अग्रणी र विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।



























































