काठमाडौं – नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलको करार अवधि थप भएको छ ।
इन्स्योरेन्सको सञ्चालक समिति बसेको बैठकले पोखरेलको कार्यकाल थप ४ वर्षका लागि थप्ने निर्णय गरेको हो। थप करार अवधि भदौ १६ गतेदेखि लागू हुने बताइएको छ ।
पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । साबिक युनाइटेड फाइनान्समा उनले महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष सेवा गरेका थिए ।
उनीसँग नेपाल एसबिआइ बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष कामको अनुभव छ। उनीसँग बैंकिङ, बीमा, लेखा र बजारशास्त्र विषयमा ८ वर्ष लामो अध्यापनको अनुभव समेत छ।



























































