सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।


ADVERTISEMENT


धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। उनले भने, “मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।”


ADVERTISEMENT

# # #


विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री लेखकले बताए । देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको उल्लेख गर्दै उहाँले यो समीकरणको पूर्णपालना हुने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ समीकरण र नयाँ सरकार बनेपछि जनतामा आशा देखिएको बताउँदै गृहमन्त्री लेखकले भने, “नयाँ सरकार बनेको ३० दिनमा १८ वर्षदेखि थातिरहेको ‘टिआरसी’ विधेयक पारित गर्न सफल भएका छौँ । यो विधेयक पारित हुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट समर्थन प्राप्त भएको छ ।”

गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह प्रदेशमा आएका मन्त्री लेखक तीन दिनदेखि कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।