– डा. सञ्जय खड्गी
 (युरोलोजिस्ट, खड्गी इन्स्टिट्युट अफ इन्डोयुरोलोजी)


ADVERTISEMENT


प्रोस्टेट भन्नाले लिंग, प्रोस्टेट, सेमिनल वेसीकल्स एवम् अण्डकोषलगायतको पुरुषको प्रजजन प्रणालीको एक भाग भन्ने बुझिन्छ । मुत्राशयको ठीक तल र मलाशयको अगाडि रहने यस भाग मुत्रमार्ग वरपर रहन्छ । र, यसै अंगको वृद्वि भई पिसाब फेर्नमा समेत समस्या हुने अवस्थालाई नै चिकित्सा क्षेत्रअन्तर्गत ‘बिनाई इन्लार्जमेन्ट अफ प्रोस्टेट’ भनिन्छ ।


ADVERTISEMENT

# # #


बढ्दो उमेरमा व्यक्तिको प्रोस्टेट ग्रन्थीको आकारमा पनि स्वतःवृद्धि हुन थाल्दछ । र, यो स्वभाविक प्रक्रिया पनि हो। तर, कतिपयमा भने सोहि ग्रन्थी आवश्यकभन्दा बढि बढ्न गई त्यसले व्यक्तिमा अनावश्यक पीडा उत्पन्न गराउँछ । र, त्यस्ता व्यक्तिको हकमा भने व्यक्तिले उक्त समस्या रोकथामका लागि आवश्यक उपचार गराउनुपर्दछ ।

लक्षणहरु

– मुत्रको धार सानो हुनु,
– छिनछिनमा पिसाब लाग्नु,
– पिसाब गरिसकेपछि पनि पिसाब बाँकी रहेको अथवा ननिख्रेको जस्तो हुनु,
– रातको समयमा पिसाब धेरै लाग्नु र पिसाब लाग्दा हतार हुनु,
– पिसाब तथा वीर्यमा रगत देखिनु,
– पिसाब गर्दा वा स्खलनन हुँदा पिडा हुनु,
– र, पिसाब चुहिनु ।

जोखिम बढाउने कारक तत्व

व्यक्तिमा प्रोस्टेटका समस्या किन देखापर्छ भन्ने कुराको हालसम्म निश्चित कुनै ठोस कारण पत्ता लाग्न सकेको छैन । यद्यपि यसको जोखिमलाई तलका निम्न पक्षहरुले थप बढावा दिइएको पाइन्छ :
– बढ्दो उमेर
– कालो वर्णका समूह
– आणुवंशिक
– र, मोटोपन ।

उपचार

कतिपय अवस्थामा प्रोस्टेटका समस्या यसका लक्षणहरु मार्फत नै अनुमान गर्न सकिन्छ । तर, यसको निश्चितता एवम् प्रोस्टेट ग्रन्थी कत्तिको बढेको छ? र यसका लागि व्यक्तिमा के–कस्ता थप उपचार तथा शल्यक्रियाको आवश्यक पर्छ भन्ने बारे स्पष्ट हुनका लागि पनि एकपटक भिडियो एक्स–रे गराउनु उपयुक्त रहन्छ ।

यस्तै, प्रोस्टेट ग्रन्थी बढेका सबै व्यक्तिलाई शल्यक्रियाको आवश्यकता हुन्छ नै भन्ने हुदैँन । कुनै पनि बिरामीमा प्रोस्टेटको समस्या पहिचान भइसकेपछि बिरामीको अवस्था अनुरुप सबैभन्दा पहिले निश्चित समयका लागि आवश्यक औषधिको सल्लाह दिइन्छ ।

औषधिको सेवनपछि मात्रै पनि अधिकांश व्यक्तिमा यस्ता समस्या निको भएर जान्छ । तर, कुनै पनि व्यक्तिमा माथि उल्लेखित समस्याहरु देखा परी त्यसले उनीहरुमा असहज महशुसका साथै अत्यन्तै पिडा उपत्पन्न गराई दैनिकीमा समेत असर पु¥याएको र औषधिले समेत सो समस्या क मगर्न नसकेको खण्डमा मात्रै त्यस्ता व्यक्तिको भने समस्याको प्रकृति अनुसार, मेडिकल अथवा सर्जिकल थेरापी आवश्यक रहन्छ ।

शल्यक्रियामा प्रविधिको विकास :

वर्तमान समय विज्ञान एवम् प्रविधिको विकास भइसकेको समाज हो । यसै क्रममा मेडिकल क्षेत्रमा पनि यसको प्रभाव उत्तिकै समान रुपमा परेको पाइन्छ । फलस्वरुपः प्रोस्टेटको शल्यक्रियाको सन्दर्भमा पनि शल्यक्रियाको निम्ति शरीरका भागहरु चिरफर नगरी दुरबिनको सहायताबाट नै गर्न सकिन्छ । मिनी पिसिएनएल विधिबाट गरिने लाइभ सर्जरी भनिने यस्तो शल्यक्रियाको दौरानमा बिरामी स्वयम्ले पनि आफ्नो शल्यक्रिया आफैँ हेर्न सक्छन् ।

आधुनिक प्रविधिमा विप्लार टर्प (TURP) अथवा लेजरबाट पनि गर्न सकिन्छ । यस प्रविधिका फाइदाहरु निम्न रहेका छन्ः
– बिरामीको कम्मरमुनिको भाग मात्रै बेहोश गरी शल्यक्रिया गर्न सकिनु,
– शरीरमा कुनै पनि दुखाई तथा चिरफारको आवश्यकता नपर्नु,
– अस्पतालको बसाई अवधि छोटो रहनु,
– अधिकांशलाई थप रगतको आवश्यकता नपर्नु,
– र, शल्यक्रियापछि पिसाब चुहिने समस्याको सम्भावना अत्यन्त न्युन रहनु ।