काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरामा आपत्ति जनाएको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताएका हुन् । उनले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिए ।


ADVERTISEMENT

# # #


संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडी कुनै सत्ता नटिक्ने उनले बताए । तत्कालका सहजताका लोकतन्त्र विपरितको काम गरे आगामी दिनमा आफुले खनेको खाल्डोमा आफै पार्न सक्ने तर्फ उनले सजक गराए ।

यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने विषयमा छलफल भएको बताइएको छ ।