काठमाडौँ– सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी थालेको छ ।


ADVERTISEMENT


उपसभामुख रानाको आचरणमाथि प्रश्न उठाउँदै सरकारले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो ।


ADVERTISEMENT

# # #


उपसभामुख राना मगरको मानव तस्करी प्रकरणमा नाम जोडिएको भन्दै कांग्रेसले उनलाई हटाउन प्रधानमन्त्री समक्ष माग राख्दै आएको छ ।

यसैगरि, सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था बताइएको छ । यो धाराअनुसार प्रस्ताव पारित गरेर २ तिहाइले हटाउन सक्छ ।

महाअभियोग भने संविधानको धारा १०१ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधाीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीका विरुद्धमात्र ल्याउन सक्ने व्यवस्था छ । र अहिलेको गठबन्धनले संवैधानिक मार्गबाट अघि उपसभामुख हट्न सक्ने देखिएको छ ।