काठमाडौँ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले उपसभामुखलाई महाअभियोग लगाउने काम नगर्न खबरदारी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले सहमतिमा आधारमा निर्वाचित गरिएको उपसभामुखलाई हटाउने कुरा निकै दुःखदायी रहेको र यसले लोकतन्त्र अघि बढ्न नसक्ने भन्दै महाअभियोगतर्फ अघि नवढ्न खबरदारी गरेका हुन् । प्रश्न उठेर राजीनामा दिने हो भने मन्त्रीहरुका बारेमा प्रश्न उठेको उनले बताए ।
पौडेलले सामाजिक सेवाका कामबाट अघि बढेको व्यक्तिहरुलाई शक्तिको प्रयोगबाट चारैतर्फबाट घेर्ने काम उचित नभएको धारणा राखे । उनले संविधान संशोधन गर्न आफुहरु पनि तयार रहेपनि प्रधानमन्त्री फेर्ने तुरुपको रुपमा संविधान संशोधन हुन नसक्ने स्पष्ट पारे । संविधान संशोधनमार्फत दुई दलले मात्रै राज्य चलाउने कसैको सपना हो भने सम्भव नरहेको उनले जनाए ।
पौडेलले समाजलाई अस्थिरतातर्फ लैजाने भन्दा पनि विकास निर्माणका काममा केन्द्रित हुन सुझाव समेत दिए ।


























































