काठमाडौँ– हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सेमिनार भाद्र २८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र २८ देखि ३० गतेसम्म सार्कस्तरीय अन्तराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जनाएको हो ।
सेमिनारमा नेपाल, भारत, बंगलादेश, म्यानमार र भुटानबाट प्राध्यापक, बैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए ।
२५ भन्दा बढि कार्यपत्रको प्रस्तुतीकरण रहने सेमिनारबाट काठमाडौं घोषणा पत्र जारी गर्ने र सरोकारवाला निकायलाई वातावरण संरक्षण र जलवायु परिवर्तनका असरमा बारेमा जानकारी गराउने योजना रहेको उनले बताए ।
स्थानीय र परम्परागत ज्ञान, बौनिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरुबीचको नियमित संवादमार्फत प्राकृतिक स्रोत साधनहरुको समुन्नत सदूपयोग गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको आयोजकले जनाएको छ ।


























































