सिरहा – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउने बताएका छन् ।


ADVERTISEMENT


आज गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उनले खानेपानी, कृषि उपजको उचित बजार व्यवस्थापन र पूर्वाधार विकासको विषयमा संसद्मा कुरा उठाउने बताएका हुन्।


ADVERTISEMENT

# # #


सिरहाको उत्तरी क्षेत्रका जनताले खानेपानीको समस्याबाट अझै पार पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आफू यहाँको जनप्रतिनिधि भएका बेलाका आयोजना अझै अधुरो भएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष दाहाल २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका थिए ।

“जनप्रतिनिधि हुँदा गोलबजारमा मात्र नौ वटा खानेपानीका आयोजना स्वीकृत भएको थियो । काम सम्पन्न भयो, समस्या सामाधान हुन्छ भन्ने जस्तो पनि भयो”, अध्यक्ष दाहालले भने, “म यसलाई तत्काल पूरा गराउन संसद्मा कुरा उठाउँछु ।”

अध्यक्ष दाहालले यहाँका किसानले उत्पादन गरेको आँपले बजारको समस्या झेलिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आँप र तरकारीको बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माणका लागि आफूले पहल गर्ने बताए ।

पार्टीको कोशी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक उदयपुरको बेलकामा सम्मन्न गरी फर्कने क्रममा अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हरिबोल गजुरेललगायतका नेताले गोलबजारमा आज कार्यकर्ता तथा स्थानीयसँग अन्तक्रिया गरेका थिए ।