काठमाडौँ– २०८१ भदौ २५ गते जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृषणाचार्य महायोगी सिद्धबाबालाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएको छ । विराटनगर उच्च अदालतका न्यायाधिश विमल सुवेदी र राजेन्द्र अधिकारीको इजलासले अभियोग दाबी नपुगेको भन्दै महायोगी सिद्धबाबालाई सफाई दिएको हो ।


ADVERTISEMENT


सुवेदी र अधिकारीको संयुक्त इजलासले यसअघि सिद्धबाबाउपर २०८० भाद्र २७ गते जिल्ला अदालत सुनसरीले गरेको फैसलालार्इ सदर गर्दै यस्तो फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवान्नाम मार्फत संस्कार संस्कृतिको निर्माण गर्ने अभियानका जगद्गुरू सिद्धबाबा उदियमान तारा हुनुहुन्छ ।

उनको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको समृद्विको एउटा ढोका समेत खुल्नेछ । यस्ता व्यक्तित्वलाई नास गर्न उनलाई डाह गर्ने तत्व र धर्म संस्कृति नास गर्न चाहने तत्वको संयोजनबाट प्रायोजन गरेको षडयन्त्रको पराकाष्ट हो यो तथाकथित जबरजस्ती करणी प्रकरण । ‘चिन्नेलाई श्रीखण्ड नचिन्नलेलाई खुर्पाको बिंड’ भने जस्तै पारिएको छ । महायोगी सिद्धबाबालाई हुँदै नभएको घटनालाई जबरजस्ती करणी भन्ने प्रपञ्च निन्दनीय छ । यहाँ यदि साधु सन्त त सुरक्षित छैनन् भने तिनका सत्चरित्रवान पिता, पति, भाइ, पुत्र कोही पनि सुरक्षित छैनन् । सत्पुरुषहरु पनि असहाय बनाइएका छन् ।

तर सत्यमेव जयते । यतो धर्म ततो जय ।
जिल्ला अदालत सुनसरीबाट आज भएको फैसलाले ‘निष्पक्ष न्याय सम्पादन’ को मान्यता त कायम भयो भयो ,साथै यसले ‘परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्को’ भगवद् उदघोष समेत स्थापित भएकोमा वैदिक धर्मानुरागी सबैमा हार्दिक बधाई ।

जगद्गुरू महायोगी सिद्धबाबाले लगातार ३ पटक सम्म अदालतबाट सफाइ पाइसक्नुभएको छ । तथापि एक विरक्त साधु सन्त धर्म ध्वज , धर्मवृक्ष माथिको यो बारम्बारको प्रहारले हाम्रो आदिवैदिक धर्मको निकास कस्तो होला? प्रश्न उठ्छ ।

एकछिन सबै सन्त महात्माहरू, ब्राम्हणहरू, कथा वाचक ज्यूहरू आफुले आफुलाइ पनि पसेर, आफुतिर फर्केर, आफुमा मनन गरेर हेरौं त , म कहाँ हिड्दैछु ? कुन मार्गबाट हिड्दैछु ? अनि कुन धरातलमा छु ? र महायोगी सिद्धबाबा को हुनुहुन्छ ? उहाँ जस्तो तटस्थ, सावधानी रहनेवाला एउटा त्यागी वितरागी सत्पुरूष माथि त यत्रो दुष्प्रयास हुन्छ भने , के तपाइहरू चोखो बच्न सक्नुहुन्छ ? जो हमेशा संसर्गमा रहनुहुन्छ ।

यो नसोच्नुहोस कि जगद्गुरू महायोगी सिद्धबाबामा कुनै कमी भएर यो सब भएको हो भनेर अनि यस्तो समयमा तपार्इहरू आफ्नो एकताको साथ अगाडी बढ्न सक्नुहुन्न भने यो भन्दा ठुलो दुःखद कुरो अर्को हुनेछैन । याद गर्नुहोस् महाभारत को त्यो प्रसङ्गलाइ जब कौरवहरू माथि यक्ष गन्धर्वहरूले आक्रमण गरेका थिए ।

‘त्यो बेला पाँच पाण्डवहरू मद्तघका लागी अगाडी बढ्ने क्रममा युधिष्ठिरले अगाडी बढ्न खोजीरहँदा भीमसेनले भने कुचोले बढार्ने कसिङ्गरलाइ हावाले उडाइदिँदै छ दाजु , ती दुष्ट कौरवहरूलाइ ती यक्ष गन्धर्वहरूले ठीक गरिरहेका छन् , हामी किन अगाडी जाने भनिहँदा आन्तरिक द्वन्द हाम्रो आफ्नो हो भाइ हामीले भातृत्वमा कहिँ पनि एक हुनुपर्दछ , यसमा हाम्रो व्यक्तिगत द्वेष हाम्रो निजी हो’, भनेका थिए ।

यसलाइ सामाजिक द्वेष बनाउनु हुँदैन हामीले साथ दिनुपर्दछ भनेर चाहिँ ती यक्ष गन्धर्वहरू बाट पाँच पाण्डवले रक्षा गरेर कौरवहरूको ज्यान बचाएका थिए ।

त्यहि सिद्धान्त अनुसार पनि तपाइहरूको आफ्नो केहि मतभेद होला, इष्ट भेद होला, मन्त्र भेद होला, सिद्धान्त भेद हुन सक्ला तर मुलतः तपार्इहरू सबै एउटा वैदिक सनातनि हुनुहुन्छ ।

महायोगी सिद्धबाबालाइ एउटा माध्यम बनाएर हिन्दु धर्मलाइ नै जरो उखल्ने खेल भइरहेको यस्तो बेला तपार्इ धर्मगुरूहरू एक अर्काको साथ एकजुट किन हुनुहुन्न ? के यो चुप लागेर बस्ने कुरा हो ? यसलाइ गम्भिरतापूर्वक लिनुपर्छ भन्ने सम्पूर्ण हिन्दु धर्मावलम्विहरूले बुझेका छौं ।

हिन्दु धर्मलाइ नै आफ्नो मूल धर्म मानेर, संस्कार,संस्कृतिको ज्ञान बाँड्दै हिड्ने, हिन्दु धर्मको रोटी खाएर हिन्दु धर्मकै नारा लगाएर हिड्नेहरू आज आचार्य स्वरूप, धर्मध्वज त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबालार्इ यत्रो ठुलो कुठाराघात भई रहँदा हिन्दु धर्मका अभियन्ता भनेर हिड्ने तपाइ धर्मगुरूहरू ,अभियन्ताहरू कहाँ हुनुहुन्छ ? त्रिदण्डी जगद्गुरूलार्इ गरिएको यो कुठाराघात वैदिक सनातन हिन्दु धर्मलार्इ नै गरिएको कुठाराघात होइन र ?

यो चरित्र हत्या महायोगी सिद्धबाबाको मात्र बेइज्जतिको विषय होइन अपितु सम्पूर्ण वैदिक सनातन हिन्दु धर्मकै बेइज्जती हो । आचार्य स्वरूप धर्मध्वज त्रिदण्डी स्वामी जगद्गुरू जस्तो गरिमामय पदले विभूषित महायोगी सिद्धबाबालार्इ सुनियोजीत रूपमा लगाइएको बलात्कार जस्तो घृणित आरोपले वास्तवमा भन्ने हो भने आज वैदिक सनातन हिन्दु धर्मको बलात्कार भएको छ ।

इस्लामिक धर्म गुरूको बारेमा , क्रिस्चियन पादरीहरूको बारेमा कसैले नराम्रो भन्दा उनिहरूको समुदाय एकजुट भएर विरोध गर्दछन् । उदाहरणको लागी फ्रान्सको राष्ट्रपतिले मुस्लिमको धर्मगुरूलाइ एउटा नराम्रो शब्द बोल्दा हालै भएको विश्वव्यापि मुस्लिमहरू आन्दोलन सबैलाइ सर्वविदितै छ । हाम्रो हिन्दु धर्मका धर्मवृक्ष मानिने आचर्य प्रति त्यो पनि सम्माननिय अदालतले सफाइ दिइसकेको अवस्थामा न्यायालको इजलासभन्दा बाहिर गएर वकालत गर्नेको भिड देख्दादेख्दै पनि हामी हिन्दुहरू चुप लागेर बसेको देख्दा बोल्ने शब्द छैन ।

फलामलाई केवल उसको खियाले मात्र बर्बाद गर्दछ । बाँकी अरू चिजले फलामलाइ बर्बाद गर्दैन । ठीक त्यस्तै हाम्रो हिन्दु र हिन्दुत्वलाई हाम्रै हिन्दु समाजका कथाकथित केहि सन्तको रूपमा रहेका कालनेमीहरू खिया बनेर बर्बाद गर्दैछन् ।

अरू धर्मबाट हाम्रो वैदिक सनातन धर्मलाई कुनै खतरा छैन तर हाम्रा आफ्नै धर्ममा सन्तको भेषधारी एजेन्ट नै वैदिक सनातन धर्मलाई बर्बाद गर्दैछन् । यसैको एउटा पराकाष्ट हो, वैदिक सनातन हिन्दु धर्मका धर्म वृक्ष आचार्य स्वरूप त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबालाई कपोलकल्पीत सुनियोजीत षड्यन्त्रमा फसाउन खोज्ने खेल भईरहेको छ ।

जगद्गुरू महायोगी सिद्धबाबाको यश चारैतिर फैलिन थाल्यो अनि महायोगी सिद्धबाबालाई देखेर दुष्ट सोचाईका मानिशहरू जल्न थाले र षड्यन्त्र गर्न लागे । महायोगी सिद्धबाबाको खिलाफ महिलासंग दुष्कर्मको आरोप लगाएर चारैतिर बद्नाम गरे ।

यो कुरो तपाइ हिन्दु धर्मका संरक्षक, अभियन्ता एवं धर्मगुरूहरूले बुझ्नु जरूरी छ । आज जगद्गुरू महायोगी सिद्धबाबालाइ यो षडयन्त्र रचियो एकपटक भित्र पसेर हेर्नुहोस र माथि उठेर सोच्नुहोस हिन्दु धर्मका रक्षकहरू हो, आज नै तपाईहरू एक हुनुभएन भने भोलिका दिनमा जगद्गुरू महायोगी सिद्धबाबाको जस्तै सबैको यहि हालत हुनेवाला छ ।

समय छ अझै सोच्नुहोस् हिन्दु धर्मका अभियन्ताहरू अनि एकजुट भएर महायोगी सिद्धबाबा माथि भइरहेको षडयन्त्रको विरूद्ध आवाज उठाउनुहोस् र हिन्दु धर्मलाइ बचाउनुहोस् । तर एउटा कुरा याद रहोस् षड्यन्त्रकारी हो । जो दुष्टहरू सच्चा सन्तको चरित्रमाथि सच्चाई नै नबुझीकन औला उठाउँछन्, त्यस्ता दुष्टहरूको विनाश हुनबाट त भगवानले पनि रोक्न सक्दैनन् ।

आजको यस विषम् परिस्थितीमा जगद्गुरू महायोगी सिद्धबाबाप्रती हामी भक्तहरूको भक्ति झनै प्रगाढ भएको छ । त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबा हामी सम्पूर्ण भक्तको हृदयमा एकमात्र ‘शाश्वत सत्य’ को स्वरूपमा बिराजमान हुनुहुन्छ । इतीहास साक्षी छ कि सन्तलाई सताउने दुष्टहरू रावण, कौरव, कंशको एक– एक गरी तेज, बल र वंश सहित कुलनै पतन भएको ।

जगद्गुरू महायोगी सिद्धबाबा माथिको प्रहार त वैदिक सनातन हिन्दु धर्मलाइ नै परेको प्रहार हो । फेरी पनि हिन्दु धर्मगुरूहरू , हिन्दु अभियन्ताहरू किन मौन ? आज जगद्गुरू महायोगी सिद्धबाबा माथि भइरहेको षडयन्त्र भोली तपार्इहरूलाइ पर्दा के गर्ने ? यो षडयन्त्र एक जना महायोगी सिद्धबाबाको लागी मात्र होइन अपितु समस्त हिन्दु धर्म नै मास्ने खेल हो यो सबैले बुझ्न जरूरी छ । यो एउटा ग्राण्ड डिजाइन हो ।

को हुनुहुन्छ त जगद्गुरू महायोगी सिद्धबाबा ?

ज्ञान, वैराग्य र भक्तिको अगाध र अनन्त सागरमा डुबेर जुन महात्माहरूले अनमोल मोतीहरूको संग्रह गरी सारा जगतलाई नै समर्पित गरिदिनुभएको छ उहाँहरू मध्ये त्रिडण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबाको नाम पनि सर्वोपरी छ ।

● हिमालय क्षेत्रदेखि मरूभूमीय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गर्नुभएका परमपूज्य जगद्गुरू महायोगी सिद्धबाबा स्पर्श, दृष्टि, मन्त्र वा सङ्कल्प मात्रले पनि हरेक मनुष्यमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत गराउन सक्ने एक समाधिसिद्ध महापुरूष हुनुहुन्छ ।

नेपालको सोलुखुम्बु जिल्लाको जुबु गाउँमा जन्मिनुभएका जगद्गुरू महायोगी सिद्धबाबा ९ वर्ष को उमेरमा अद्भुत इश्वरीय संयोजनबाट आफ्नो गुरुआश्रम भारतको मुम्बई नजिक नासिक पुग्नुभयो । नासिक, अयोध्या, उत्तरकाशी, बद्रीनाथ, हरिद्वार, राजस्थान र बनारस नजिक नेबडियामा गुरुसानिध्य र गुरुआश्रममा रही महायोगको सर्वाङ्ग विद्या प्राप्त गर्नुभयो ।

● साधना संगसंगै उहाँले आयुर्वेद, रसायन विज्ञान, ज्योतिष विज्ञान, नाडी विज्ञानमा अद्भुत ज्ञान आर्जन गर्नुभयो । साधारण कपडाले मात्र आफुलाई ढाकेर चिसो र कठाङ्ग्रिदो मौसममा मौन व्रत तथा ध्यान गर्न पनि पछि हट्नु भएन । जाडो मौसममा उहाँले उत्तरकाशी , केदरनाथ, बद्रीनाथ, मानसरोवर, मुक्तिनाथका गुफा, ओढारहरुमा तपस्या गर्नदेखि लिएर गर्मीयाम, उष्ण प्रदेशको झरी तथा पञ्चाग्निको सेवन गदै विभिन्न योग तथा साधना गरि सिद्धि प्राप्त गर्नु भयो ।

● तपस्वी जीवानकै क्रममा उहाँले आयुर्वेद र खगोल विज्ञानमा समेत विशिष्टता प्राप्त गर्नुभयो । विज्ञानको अध्ययन, अन्वेषण र साधानसँगै आफुलाई अध्यात्म पथमा नै समर्पित गर्नुभयो । आफ्ना ज्ञान र अनुभवलाई आधार बनाई आफुमा विभिन्न परिक्षणहरु समेत गर्न थाल्नुभयो । कहिले निराहार व्रक्त बस्नु हुन्थ्यो त कहिले दुधको आहार मात्र लिएर महिनौ उपबास बस्नुहुन्थ्यो । यस महायोगको साधनाबाट सासै नफेरी बस्न सक्ने, मृत्युलाई पन्छाउने योगको उच्चतम् अवस्था समाधिको विशिष्ट ज्ञान र क्षमता आर्जन गर्नुभयो । बाल्यकालदेखि नै निकै जिज्ञासु स्वभाव वाला महायोगी सिद्धबाबा बेला बेलामा विभिन्न अनौठा किसिमका क्रियाकलापहरु गरेर बल्यकालमै सबैलाई चकित पार्नुहुन्थ्यो । ‘

● जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ भन्ने महानु उक्तिलाई चरितार्थ गर्न उहाँ नेपाल फर्कनु भयो । नेपालमा उहाँले वराहक्षेत्र, चतरा धाम तथा पोखरा नदिपुरस्थित आश्रममा सास नफेरी बस्न सक्ने समाधि अवस्था प्रकट गर्नु भयो । तत्पश्चात २०६५ सालमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ नामक संस्थाको स्थापना गरी असहाय रोगीहरुको आयुर्वेद, नाडी विज्ञानबाट औषधि उपचार गरी स्वास्थ्य लाभ गराउनुभयो र २०७१ साल चैत्र शुक्ल पूर्णिमाको शुभ दिवसको पावन अवसरमा नेपालकै सबैभन्दा अग्लो रामनाम रसिक संकटमोचन सिद्ध श्रीहनुमानजी को विग्रहमा वैदिक विधि अनुसार प्राण प्रतिष्ठा गरी हिमालयन सिद्धमहायोगको माध्यमबाट यस घोर कलिकालका जीवहरूका अन्तःकरणमा भगवान नामको प्रतिष्ठा गर्न लाग्नु भयो ।

● नेपाल र नेपालीहरूको समृद्धिका लागि उहाँले १ नम्बर प्रदेश सरकारसंग सहकार्य गर्ने गरी हरितक्रान्ति अभियानको समझदारी गरी सुरूवात पनि गर्नुभयो । यसैक्रममा ७०७ वर्ष पश्चात् विश्वमै दोस्रो र नेपालमा प्रथम पटक १२०० तारक मन्त्र दीक्षित साधकहरूका साथमा २०७५ माघ २६ गते बाट १० दिवसीय श्रीराम तारक ब्रह्म महायज्ञ वराहक्षेत्र चतरा धाममा सम्पन्न गर्नु भयो । सोहि क्रममा उहाँलाई आफ्नो श्रीगुरु परम्पराका एवं सम्पूर्ण भारतवर्षका श्रद्धेय सन्त श्रीराम जन्मभुमि न्यास ट्रष्टका अध्यक्ष एवं श्रीमणिराम पीठ छावनिका पिठाधिश्वर महन्त श्रीनृत्यगोपालदास जी महाराज लगायत चारै सम्प्रदायका सन्तहरूबाट जगद्गुरु घोषणा गरी भारतको अयोध्यामा आयोजित विशाल सन्त सम्मेलनमा षड्संप्रदाय र अनि अखाडाका महान विभूतिहरुको एकमतले धर्म चक्रवर्ती तुलसी पिठाधिश्वर जगद्गुरु श्रीरामानन्दाचार्य श्रीरामभद्राचार्य जी महाराज लगाएतका विभूतिहरुका करकमलबाट त्रिदंड तिलक प्रदान गर्दै जगद्गुरु श्रीरामनान्दचार्य स्वामी रामकृष्णाचार्यको पदमा प्रतिष्ठित गरी विभूषित गर्नुभयो ।

उहाँ यस धराधाममा दुर्लभ रूपमा पाइने समाधि सिद्ध महापुरुष हुनुहुन्छ ।नेपालको ठूलो सम्पत्ति र विभूति हुनुहुन्छ । विश्व शान्ति तथा जीव – जगत एवं मानव कल्याण हेतु जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को सत्सङ्कलपमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा पशुपतिनाथ मन्दिर परिसर, काठमाण्डौंमा मिति २०७९ साल श्रावन २ गते देखी १० गते सम्म ऐतिहासिक अभिषेकात्मक अतिरूद्र महायज्ञ,२०८० साल श्रावन २ गते देखि३२ गतेसम्म नेपालको इतिहासमा प्रथम पटक कलियुगमा अत्यान्त दुर्लभ मानिएको श्रीरामार्चन महायज्ञ, एवं २०८१ वैसाख १ गते देखी ११ गतेसम्म भारतवर्षमै विधिविधान पूर्वक प्रथम पटक एवं नेपालको ऐतिहासिक र्वरूपमा संकटमोचन श्रीहनुमद् महायज्ञ सम्पन्न भयो ।

नेपालको पूर्वि क्षेत्रस्थित प्राचीन हरिद्वारको नामले प्रसिद्ध वराहक्षेत्र चतरा धाम पृथ्विको पहिलो तीर्थधाम भएकाले नेपालको धर्म संस्कृतिको जगेर्ना गर्न र पर्यटन प्रवर्द्धन गर्न उक्त क्षेत्रलाई जसरी विकास गर्न आवश्यक छ, सोही अनुसार जगद्गुरू महायोगी सिद्धबाबाको पहलमा कार्यहरू पनि भइरहेको देखिएको छ । यसले नेपालको र त्यस क्षेत्रको समृद्धिमा धार्मिक पर्यटन मार्फत ठूलो सहयोग पुर्‍याउनेछ ।

जगद्गुरू महायोगी सिद्धबाबाको पहलमा भएका कार्यहरू

जगद्गुरू महायोगी सिद्धबाबा स्वास्थ्य , शिक्षा , संस्कार , समृद्धि र शान्ति (पञ्च स) लार्इ मुल मन्त्र मानेर हिमालयन सिद्ध महायोग (सूरत शब्दयोग) को माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागि परिरहनु भएको छ । साथै देशमा आयुर्वेद विश्वविधालय को स्थापनाको लागी पनी पहल गरिरहनु भएको छ ।

उनी स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ हुन् । उनले असङ्ख्य विकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भर्इ मानवजातिको दिन रात भोक प्यास नभनी अहोरात्र सेवा गर्नुभएको छ । जगद्गुरू महायोगी सिद्धबाबा पिठाधिश्वर रहनुभएको जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पिठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले राष्ट्र लाइ परेको महाविपद् .भुकम्प, बाढिपहिरो इत्यादि) मा सधै नै सहयोग गर्दै आइरहेको छ । निःशुल्क भोजन शिविर अनि आपतविपद् राहत कोषको समेतको व्यवस्था गरेको छ ।

कोभिड–१९ को क्रममा देशलाइ परेको महाविपद्को उक्त भयावह अवस्थामा पनि जगद्गुरू महायोगी सिद्धबाबाको एक अह्वानमा आश्रम स्थित जानकी नीलयम भवनको ६० कोठामा १५० बेड रहने गरी प्रदेश नं १ सरकार र जगद्गुरू श्रीरामानन्दचार्य सेवापीठ संगको सम्झौता र सहकार्यमा कोरोनाको लागी होल्डीङ् केन्द्र को सुरूवात भएको थियो ।

पूर्वाञ्चलकै सबैभन्दा सुविधा सम्पन्न होल्डिङ् सेन्टरका नामबाट प्रसिद्ध उक्त भवनका सबै कोठाहरूमा एटेज ट्वाईलेट तथा बाथरुम पनी रहेको कारणले बिरामीका लागी निकै सहज भएको थियो । भक्तहरू आफू बसिरहेका कोठाहरू समेत खाली गरी अन्यत्र नै बसेर देशलाइ पर्दा पुनः जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ अनि पीठ समितिका सम्पूर्ण पदाधिकारीहरूले उक्त महाविपद् (कोभीड– १९) को समयमा बिरामीहरूका लागी सुविधा सम्पन्न ६० कोठे भवन उपलब्ध गराएर आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।

जगद्गुरू महायोगी सिद्धबाबा पञ्च ‘स’ अर्थात स्वास्थ्य , शिक्षा , संस्कार , समृद्धि र शान्ती को संकल्पका साथमा स्वच्छ नेपाल, स्वस्थ नेपाल , स्वरोजगार नेपाल, समृद्ध नेपाल, सु– संस्कारी नेपाल र हरित क्रान्ति अभियान अनि आपसी भाइचारा, आपसी सद्भाव को अभियानका लाइ लिएर अगाडी बढिरहनु भएको छ ।

उहाँले हिमालयन सिद्धमहायोग साधना तथा आयुर्वेदको माध्यमबाट कुलतको दुर्व्यसनमा फसेका कयौं युवाहरूलाइ आज जीवनको सहि मार्गमा हिड्नलाइ प्रेरणा दिनु का साथै जीवन देखी हार खाएका कयौं व्यक्तिहरूलार्इ जीवनको सहि बाटो देखार्इ आपसी भाइचारा , सद्भाव , आपसी मेलमिलाप , सबैमा भगवद्भक्ति , प्रेम , सुविचार बाड्दै स्वच्छ र स्वस्थ समाज अनि देशको सर्वाङ्गिण उन्नतीमा अहोरात्र लागिरहनु भएको छ । जगद्गुरू महायोगी सिद्धबाबाद्वारा संचालित हिमालयन सिद्धमहायोगको साधना लिए पश्चात् कयौं व्यक्तिहरूले मानव जीवनको सहि परिचय पाएर हाँसी खुसी बसेका ज्वलन्त उदाहरण आजको दिनमा यसै समाजमा विद्यमान छन् ।

क्यान्सरजस्तो रोग त्यो पनी अन्तिम अवस्था को र मेडिकल उपचारबाट सम्भव नभएर हतास अनि निराश भएर बसेका बिरामीहरूलाइ पनि उहाँबाट संचालित त्यो अति दुर्लभ दिव्य साधना र आयुर्वेदिक उपचार पद्धतिबाट प्रत्यक्ष लाभान्वित भइ उहाँलाई कृतज्ञता व्यक्त गरेका उदाहरण पनी हाल यसै समाजमा विद्यमान छन । यस घोर कलिकालमा उचित पात्रलाइ मात्र प्रदान गर्नुपर्ने वेदान्त दर्शन जस्तो अति दुर्लभ , गहनिय र रहस्यमयी ब्रह्म तत्त्वरूपी ब्रह्मसूत्रलाइ पनि धर्मसभाको माध्यमबाट सबैका लागी सहज बनाइ स्थुल शरिरधारी तथा सुक्ष्म असंख्य जीवहरूको कल्याण गरिरहनु भएको छ ।

जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पिठको दक्षिण तर्फ रहेको साधना हलमा बहुआयामिक राष्ट्रिय ,क्षेत्रिय लगायत प्रदेशका कार्यक्रमहरू मासिक रूपमा हुने गरेका छन् । नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने, वैदिक सनातन संस्कृतिको व्यापक प्रचार गर्ने, भगवान्नाम मार्फत संस्कार संस्कृतिको निर्माण गरी वेदान्त दर्शनको माध्यमबाट असंख्य जीवहरुको कल्याण गर्ने अभियानका जगद्गुरू महायोगी सिद्धबाबा उदियमान तारा हुनहुन्छ । उहाँको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिका सम्पूर्ण ढोकाहरू समेत खुल्नेछन् । शास्त्रमा भनिएको छ, ‘तिर्थलाइ तिर्थको रूप दिने भगवानका आत्मा स्वरूप सन्त नै हुन् ।’

देश तथा विदेशमा फैलिएका जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठका पवित्र केन्द्रहरू एवं रामानन्दिय सम्प्रदायको मुल गद्दी हो जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) । पीठमा पाँच हजार बर्ष पश्चात स्थापित भएको भगवान श्रीरामानन्दाचार्यको आचार्य गद्दी र चरणपादुका विश्वभरीमा छरिएर रहेका रामानन्दीय सन्तहरु, तपस्विहरु एवं अनुयायिहरूको श्रद्धाको केन्द्र बिन्दु हो । यो परम सौभाग्य र गर्वको विषय हो कि विश्वको एकमात्र तारकब्रह्म पीठ नेपालको पूर्वि भाग वराहक्षेत्र चतरा धाममा अवस्थित छ ।

श्रीराम तारक ब्रह्म पीठका वर्तमान पीठासीन आचार्य जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) पनि स्वामी श्रीरामानन्दाचार्य जी कै प्रतिमूर्ति हुनुहुन्छ। उहाँका संकल्पहरु, उहाँको ज्ञान, उहाँको वाग्मिता र सबैभन्दा राम्रो उहाँको उदारता र संयोजन चेतना यस्तो , जसबाट यो विश्वास गरिन्छ कि स्वामी श्रीरामानन्दाचार्यको व्यक्तित्व कस्तो थियो होला भनेर । वर्तमान जगद्गुरू रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य जी महाराजका सत्प्रयासहरूको नतीजा हो कि एक समयमा हराउँदै गएको संस्कार , संस्कृति , धर्ममा आपसी समभाव ,आपसी भाइचारा , दया , करूणा , प्रेम , भक्ति आदिले वैष्णव सूत्रमा बाँधिएर सत्–विचार तथा सत्–चरित्रको एकरूपता स्थापित गरिरहेका छन् ।

आचार्य त्यो हो जसको आचरण हाम्रा लागी अनुकरणिय होस् । आचार्य आफ्नो विषयका ज्ञाता, ज्ञानका विशाल भण्डार, कर्मका अधिष्ठाता एवं उपासनाका पुनित केन्द्र हुन्छन् । उहाँहरूको जीवनको प्रत्येक क्रियाकलाप आदर्शयुक्त र परिपालनिय हुन्छ । आचार्य आफैंमा सर्वङ्ग पूर्ण पुरूष हुन्छन् । यसैकारण समस्त जगत उनिहरूको अनुकरण र अनुशरण गर्दछ ।