काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल बनाउनका लागि आवश्यक संशोधन राखेको जनाएका थिए । सांसदहरुले जलस्रोतको उपयोग र विकासमा अधिकारको विषयलाई स्पस्ष्टता दिदै विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।


ADVERTISEMENT

# # #


संघीय, प्रादेशिक तथा स्थानीय सरकारबीच जलस्रोतको उपयोग र विकासमा अधिकारको विषयलाई वैज्ञानिक ढंगबाट सम्बोधन गर्न सरकारले उक्त विधेयक ल्याएको हो ।

विधेयकले जलस्रोतको स्वामित्व, विकास, व्यवस्थापन र उपयोगको प्राथमिकता क्रम निर्धारण गन तथा जलस्रोतको एकीकृत र समन्वयात्मक विकासमा सहयोेग पु¥याउने सरकारको विश्वास छ ।