काठमाडौँ– पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेसालाई रु ६५ लाख पुरस्कार राशीसहित पुरस्कृत गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो ।

यस्तै खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए ।

उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए । उनले खेलकुद क्षेत्रको बिकासका लागि वर्तमान सरकार गम्भीर रहेको समेत धारणा राखे ।

त्यस्तै कास्य पदक विजेता पलेसाले आफु र टीमको मेहनतका कारण पदक प्राप्त सफल भएको भन्दै आगामी दिनमा पनि राम्रो खेल प्रदर्शन गर्ने बताइन् ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन्। उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।