काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगाएत सांसद नेता सवै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुर्याइने बताए ।

शिक्षालाई सूचना प्रविधिसंग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजक हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा उत्कृष्ट विधार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।