काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क सीसीआई) र चेङ्दु इन्स्टिच्युट अफ स्ट्यान्डर्डाइजेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


२०२४ सिचुआन – दक्षिण एशिया र दक्षिणपूर्वी एशिया व्यापार विकास सम्मेलनको अवसरमा सार्क सीसीआई) र चेङ्दु इन्स्टिच्युट अफ स्ट्यान्डर्डाइजेसनबीच उक्त सम्झौता सम्पन्न भएको हो । जसमा नेपालको प्रतिनिधित्व गर्दै सार्क उद्योग वाणिज्य संघ (सार्क सीसीआई) का कार्यवाहक अध्यक्ष चण्डिराज ढकालल हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार चेङ्दु र दक्षिण एसियाली देशहरूबीच आर्थिक र व्यापार आदानप्रदान, औद्योगिक एवम् कर्मचारी सहकार्यलाई प्रवर्द्धन गर्ने बताइएको छ ।

दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका उच्च व्यवसायीहरुको उपस्थितमा सम्पन्न उक्त ३ दिने कार्यक्रममा बोल्दै सार्क सीसीआईले आर्थिक सम्बन्धलाई सुदृढ पार्नुपर्नेमा जोड दिए । उनले आकार र क्षमताका हिसाबले दक्षिण एसिया विश्वकै ठूलो बजार भएको बताए ।

सम्मेलनमा अप्रयुक्त प्राकृतिक, सामाजिक र आर्थिक स्रोतहरूको साथ, धेरै लगानीयोग्य अवसर प्रदान गर्ने उनले जनाए । यद्यपि, दक्षिण एसियाले कमजोर प्राविधिक पूर्वाधार जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेको उनको भनाई छ ।

यसका लागि दक्षिण एशिया तथा दक्षिण पूर्व एशिया व्यापारका समृद्धि साझा गर्नाले सहभागी राष्ट्रहरुको आर्थिक– व्यावसायिक प्रवर्द्धनमा जोड दिदैँ उनले यसबाट क्षेत्रीय सहकार्यमा समेत प्रवर्द्धन पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालसहित विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, अनुप भट्टराईलगायतको उपस्थिती रहेको थियो ।