काठमाडौँ– एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता यहि असोज १८ र १९ गते (अक्टोबर ४–५) हुने काठमाडौंमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा एसियाका नेपालसहित १७ राष्ट्रको सहभागिता रहने रग्बी संघले जनाएको छ । जसमा पुरुष रग्बी सेभेन्सतर्फ १४ र महिला रग्बी सेभेन्समा आठ टोलीले सहभागिता जनाउने छन् । यस प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागी जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्ने बताइएको छ ।