विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गरेका हुन् । नेपालको संविधानको धारा १८८ उपधारा २ अनुसार कार्कीले मागेको विश्वासको मतको पक्षमा ६६ मत, बिपक्षमा १५ मत परेको थियो भने दुई सांसदले मत विभाजनको प्रक्रियामा सहभागी जनाएनन् । बैठकमा ८३ जना सांसद सहभागी थिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री कार्कीले आफुमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा परेको मत बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कोशी प्रदेशका सभामुख अम्वर बहादुर बिष्टले घोषणा गरे ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभएको हो । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।