काठमाडौँ – प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल सुदर्शन पथिरानाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT


जंगी अड्डाका अनुसार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


ADVERTISEMENT

# # #