काठमाडौँ– ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सोमबार घुन्सा स्मृति दिवस मनाइएको छ ।
२०६३ साल असोज ७ गते जैविक विविधतासम्बन्धी कार्यक्रममा भाग लिएर काठमाडौं फर्कने क्रममा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई, वन सचिव डाक्टर दामोदर पराजुली, वरिष्ठ भूगोलविद डाक्टर हर्क गुरुङ सहित २४ जनाको निधन भएको थियो ।
यो दिनलाई घुन्सा स्मृति दिवस तथा राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरिएको छ । स्मृति दिवसमा काठमाडौंको जगडोलस्थीत राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
राष्ट्रिय शहीद तथा शान्ति पार्कमा घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको तस्वीरसहितको स्मारक बनाइएको छ ।



























































