काठमाडौँ – एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
एनएमबी बैंकले मंगलबार विशेष समारोहको आयोनजना गर्दै पलेशालाई नगद पुरस्कार रु. ५ लाख १ हजारसहित सम्मान गरेको हो । यस्तै बैँकले उनका प्रशिक्षक कविराज नेगी लामालाई समेत रु. १ लाख १ हजार रुपैयाँले सम्मानित गरेको छ ।
पलेशाले देशलाई दिलाएको अभुतपूर्व उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै उक्त सम्मान प्रदान गरिएको बैँकले जनाएको छ । कार्यक्रममा पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका छन् ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


























































