काठमाडौँ– नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएकाले विपद् कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले पिडितको सहयोगका लागि यसका लागि सबै सांसदहरुको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए ।

यसैगरि, बैठकले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासंग स्थगन गरि सवै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ भने विषम् परिस्थीतिका कारण हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए ।

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए ।अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए ।

त्यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै उपनिर्वाचनमा पार्टीकातर्फबाट खडा गर्ने उम्मेदवारलाई पत्र दिनका लागि सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।