काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्न आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भव्य रूपमा सम्पन्न गरेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार एक हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरू सहभागी भएका थिए।


ADVERTISEMENT

# # #


कार्यक्रमको प्रमुख आकर्षण कम्पनीको नयाँ ‘भर्सन नेक्स्ट (Version Next)’ आई–सोलुसन प्रणालीको शुभारम्भ रह्यो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति र व्यवस्थापन टोलीले संयुक्त रूपमा उक्त प्रणाली सार्वजनिक गर्दै यसले कम्पनीको सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे। कम्पनीले यसलाई डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति पनि विशेष आकर्षण बनेको थियो। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा मनोरञ्जनात्मक शैलीमा सम्बोधन गर्दा सहभागीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सबैलाई प्रेरित गरेका थिए।

यस अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कारतर्फ बुटवल शाखा प्रथम बीमा शुल्क संकलन गर्ने उत्कृष्ट शाखा घोषित भयो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भए।

सांगीतिक तथा नृत्य प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सम्मान, प्रविधि, प्रेरणा र मनोरञ्जनको समन्वय रहेको कम्पनीले जनाएको छ। सिटिजन लाइफले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई थप उत्प्रेरित गर्दै गुणस्तरीय बीमा सेवा विस्तार र संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ।