काठमाडौं – आगामी केहि दिन बर्षाको गतिविधि बढ्ने देखिएको जल तथा मौसम विज्ञान विभाग विभागले जनाएको छ ।


ADVERTISEMENT


आगामी केहिदिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बिभागले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । बिभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको जानकारी दिइन ।


ADVERTISEMENT

# # #


आगामी तीन-चार दिनलाई पश्चिमी न्यून चापीय रेखा नेपाल नजिक हुने भएकाले देशैभरि चाहिँ वर्षाको गतिविधि बढ्ने देखिएको उनले बताइन ।

प्रवक्ता पोखरेलले निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तटीय-तराई क्षेत्रमा बाढीको जोखिम रहने हुनाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरेकी छिन् ।

विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।