काठमाडौँ सिंहदरबारमा बसेको सर्वदलीय बैठक जारी छ।


ADVERTISEMENT


सरकारको आह्वानमा आइतबार दिउँसो १ बजे बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा-माओवादी केन्द्रं का उपमहासचिव शक्तिबहादुर बस्नेतलगायत सहभागी छन्।


ADVERTISEMENT

# # #


अविरल वर्षापछि देशभर भएको जनधनको क्षतिबारे छलफल एवम् आवश्यक समाधान तथा निर्णयका लागि सो बैठक डाकेको जनाइएको छ ।

वर्षापछिको बाढी पहिरोका कारण हालसम्म देशभर १२९ जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता छन्।