काठमाडौँ– प्राकृतिक विपत्तिका कारण कोशीमा मात्रै १४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


अविरल वर्षाका कारण आएको बाढीका कारण हालसम्म १४ जनाले ज्यान गुमाएको र अझै ८ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार पहिरोका कारण घाइते भएकाहरुको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । शुक्रवारदेखि परेको वर्षाका कारण प्रदेशमा ५४२ घर प्रभावित भएका छन् भने अझै ९९ घर उच्च जोखिममा छन् ।

प्रदेशमा विभिन्न उद्वारका लागि स्थानमा कुल एक हजार ९२ जना प्रहरी परिचाल गरिएको थियो । यसक्रममा एक हजार ६५० परिवारलाई स्थान्तरण गरिएको छ ।