काठमाडौँ – अविरल वर्षापछि आएको बाढिका कारण प्रभावित भएकाहरुको जनजीवन अझै सहज बन्न सकेको छैन ।


ADVERTISEMENT


बिहीबार रातिदेखिको अविरल वर्षासँगै उपत्यकामा बाढीपहिरो र डुबानले देशभर जनधनको ठूलो क्षति भएको थियो । बाढीको दोश्रो दिन उपत्यकाका वर्षा नभएपनि प्रभावित भएकाहरुको जनजिवन अझै सहज बन्न नसकेको हो । नदी किनारछेउका बस्तीमा परेका बाढीका कारण हजारौ सर्वसाधारण प्रभावित भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी उपत्यकामा ३७ जनाको मृत्यु भएको छ भने करोडौंको क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #


बाढीका कारण टहराहरुपूर्ण रुपमा क्षति भएका कारण सर्वसाधारण बासस्थान फर्कन सकेका छैनन् । बल्खु आसपासका तरकारी बजारमा बाढी छिरेका कारण आइतबार बजार पनि सञ्चालन हुन सकेका छैनन् ।