काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद उदय शमशेर राणाले आफ्नो निर्वाचन क्षेत्रमा बाढी पिडित प्रति परिवारलाई २० हजार राशि सहयोगको घोषणा गरेका छन् ।
असोज १० देखि लगातार ३ दिनसम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको निर्वाचन क्षेत्रका परिवारलाई सहयोग गर्ने उनले बताएका हुन् ।
‘हालै गएको बाढीपहिरोबाट भएको क्षतिपछि हामी विरुद्ध यतिबेला उद्धारको काम सकेर राहत वितरणमा लागेका छौं’, उनले भने, ‘ मेरो निर्वाचन क्षेत्रमा बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई केही राहत पुगोस् भन्ने सोचका साथ मेरो व्यक्तिगत तर्फबाट रू २० हजार सहयोग गर्ने निर्णय गरेको छु ।’
साथै एउटै परिवारमा १ जना भन्दा बढीको मृत्यु भएको खण्डमा मृतक संख्या १ बराबर थप १० हजार रूपैयाँ सहयोग गर्ने उनको भनाई छ ।
पूर्वअर्थमन्त्री समेत रहेका राणा बाढी पहिरोले क्षति पुर्याएलगत्तै उक्त क्षेत्रहरुमा पुगी निरन्तर उद्दार तथा राहत कार्यक्रममा जुटेका छन् ।


























































