कााठमाडौँ– दुर्गाा प्रसाईँका समर्थकले जलाएको ट्रक चालकको मृत्यु भएको छ ।
प्रसाईं साइबर क्राइमको मुद्दामा पक्राउ परेको बेलामा उनलाई छुटाउन माग गर्दै चालकलाई भित्रै थुनेर आगो लगाउँदा घाइते भएका भारतीय ट्रक चालकको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा भारत इस्लामपुर बस्ने ४० वर्षीय पदा रोय रहेका छन् ।
घाईते रोयलाई सुरूमा प्रसाईँकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।
रायको मृत्युपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए ।
भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी आइतबार रायको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टमार्टम गरेर आफन्तले शव बुझेको झपाका प्रमुख जिल्ला अधिकारीले बताए ।
आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सीडीओ बाँस्तोलाले अब उनीहरूलाई ज्यान मुद्दा चलाइने बताए ।
उनले आगजनी गर्नेहबाट क्षतिपूर्ती भराउने तयारी पनि भइरहेको जानकारी दिए ।


























































