काठमाडौँ– बडादशैँ अन्तर्गत फूलपातीको दिन पनि दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट छाड्नेहरुको संख्या घटेको छैन ।


ADVERTISEMENT


आज दिनबाट सार्वजनिक बिदा हुने भएकाले यस दिन उपत्यका छाड्नेको संख्यामा कमी नआएको ट्राफिक प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


।यद्दपी उपत्यकाका बिभिन्न नाकाबाट पछिल्लो तीन दिनको तुलनामा बिहीबार केहि कम संख्यामा यात्रुले उपत्यका छाडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यात्रुहरुले घर फर्कनका लागी सवारी साधन नपाएको गुनासो गरेका छन् । यस बर्षको दशैमा दैनिक एक लाख भन्दा बढि सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।